मूल नियमावलीको नियम ३६ को सट्टा देहायको नियम ३६ राखिएको छ ः–
“३६. सरुवाको समय तालिका र सरुवाका आधारहरु ः –
(१) निजामती कर्मचारीहरुलार्ई ऐनको दफा १८ अनुसार सरुवा गर्दा देहाय बमोजिमको समय तालिका अनुसार गर्नु पर्नेछ ः–
(क) सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको माघ एक गतेदेखि माघ मसान्त भित्रमा,
(ख) मन्त्रालय वा मन्त्रालय स्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको फागुन एक गतेदेखि फागुन मसान्त भित्रमा,
(ग) क्षेत्रीय स्तरका निकायहरुले प्रत्येक वर्षको चैत्र एक गतेदेखि चैत्र मसान्तभित्रमा । तर कुनै कार्यालयमा रिक्त हुन गएको पदमा तोकिएको
समय तालिका बाहेकको समयमा सरुवा गर्नु परेमा सामान्य प्रशासन मन्त्रालयको सहमति लिई सरुवा गर्न सकिनेछ ।
(२) निजामती कर्मचारीको सरुवा देहाय बमोजिम गरिनेछ ः–
(क) राजपत्राङ्कित विशिष्ट श्रेणी र राजत्रांकित प्रथम श्रेणीको निजामती कर्मचारीका हकमा नेपाल सरकार मन्त्रिपरिषद्को
निर्णयबाट, तर राजपत्राङ्कित प्रथम श्रेणीका निजामती कर्मचारीलाई एउटै मन्त्रालय अन्तर्गतका निकायमा सरुवा गर्दा सम्बन्धित
विभागीय मन्त्रीस्तरको निर्णयबाट सरुवा गर्न सकिनेछ ।
(ख) राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका निजामती कर्मचारीको सरुवा सम्बन्धित केन्द्रीय निकायका राजपत्राङ्कित विशिष्ट
श्रेणीका सचिवस्तरको निर्णयबाट । तर कुनै विभाग अन्तर्गत कार्यरत राजपत्रांकित तृतीय
श्रेणी सम्मका कर्मचारीलाई सोही विभाग अन्तर्गत सम्बन्धित विभागीय प्रमुखस्तरको निर्णयबाट सरुवा गर्न सकिनेछ ।
(ग) राजपत्र अनङ्कित तथा श्रेणी विहीन निजामती कर्मचारीको सरुवा सम्बन्धित केन्द्रीय निकायको कर्मचारी प्रशासन हेर्ने
राजपत्राङ्कित प्रथम श्रेणीको सह–सचिवस्तरको निर्णयबाट ।
(घ) खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भएतापनि एकै विभाग वा अन्तर्गतका राजपत्र अनङ्कित एवं श्रेणी विहीन कर्मचारीलाई
सोही विभाग वा अन्तर्गतकै अन्य निकायमा सरुवा गर्नु पर्दा सम्बन्धित विभागीय प्रमुखस्तरको निर्णयबाट ।
(३) पचास वर्ष उमेर पुगेको कर्मचारीलाई निजले मागेमा बाहेक “क” वर्गको भौगोलिक क्षेत्रमा सरुवा गरिने छैन ।
(४) राजपत्र अनङ्कित र श्रेणी विहीन निजामती कर्मचारीलाई घर पायकको जिल्लामा सरुवा गर्न प्राथमिकता दिइने छ ।
(५) घर पायकको जिल्लास्थित कार्यालयमा कार्यरत राजपत्र अनङ्कित तथा श्रेणी विहीन निजामती कर्मचारीलाई निजहरुले स्वेच्छाले निवेदन दिएको अवस्थामा वा निजको
कार्य सम्पादनको प्रगति राम्रो नभएको ठोस प्रमाण देखिएको वा निजले अनुशासनहीन र अनियमित कार्य गरेको प्रमाणित भएको अवस्थामा बाहेक अर्को जिल्लामा सरुवा गरिने छैन ।
(६) उमेरको कारणबाट अनिवार्य अवकाश हुन एक वर्ष वा सो भन्दा कम अवधि बाँकी रहेको निजामती कर्मचारीलाई निजले मागेको अवस्थामा बाहेक सरुवा गरिने छैन।
(७) ऐनको दफा १८ को उपदफा (३) बमोजिमको अवधि नपुगी सामान्य प्रशासन मन्त्रालयले कुनै निजामती कर्मचारीको सरुवा गर्नु पर्दा सो दफाको उपदफा (४) मा
उल्लिखित आधारमा मात्र सरुवा गर्नु पर्नेछ । यसरी सरुवा गर्दा अवधि नपुगी सरुवा गर्नुको आधार सरुवा पत्रमा उल्लेख गर्नु पर्नेछ । यसरी अवधि नपुगी सरुवा गरिएकोमा अवधि नपुग्दै सरुवा गर्नुको स्पष्ट कारण खोली सरुवा सम्बन्धी विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनु पर्नेछ ।धधध।
(८) ऐनको दफा १८ को उपदफा (४) को खण्ड (घ) अनुसार कार्यालयमा राखी राख्न उपयुक्त नभएको निजामती कर्मचारीलाई सरुवा गर्दा निजको कुन काम र
आचरणबाट सो कार्यालयमा राखी राख्न उपयुक्त नभएको हो सोको स्पष्ट कारण सहित सम्बन्धित कार्यालय प्रमुखबाट लेखी आएपछि सामान्य प्रशासन मन्त्रालयको सहमति लिई अख्तियारवालाले सरुवा गर्नु पर्नेछ ।
(९) ऐनको दफा १८ को उपदफा (४) को खण्ड (ख) को प्रयोजनको लागि विशेष जिम्मेवारी दिनको लागि सरुवा गर्न सहमति माग गर्दा विभागीय प्रमुख वा कार्यालय
प्रमुख वा आयोजना प्रमुखको जिम्मेवारी दिनु पर्ने अवस्था भएको व्यहोरा उल्लेख गरी सहमति माग भएको हुनु पर्नेछ ।
(१०) कुनै निजामती कर्मचारीलाई अवधि नपुग्दै सरुवा गर्न सामान्य प्रशासन मन्त्रालयको सहमति माग भएकोमा त्यस्तो सहमतिका लागि पत्र प्राप्त भएको मितिले
एक महिनाभित्र सामान्य प्रशासन मन्त्रालयले सो सम्बन्धमा निर्णय गरी सम्बन्धित निकायलाई लिखित जानकारी दिनु पर्नेछ । सो अवधि भित्र जानकारी नपठाएमा त्यस्तो
सरुवाको निम्ति सामान्य प्रशासन मन्त्रालयको सहमति रहेको मानिनेछ । तर सामान्य प्रशासन मन्त्रालयले थप विवरण माग गरेको अवस्थामा त्यस्तो
विवरण प्राप्त भएको मितिले एक महिना भित्र सहमति दिन सक्नेछ ।
(११) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै निकाय वा अन्तर्गतको कुनै निजामती कर्मचारीको एकपटक सरुवा भई अवधि पूरा भए पछि
उपनियम (१) बमोजिम सामान्य प्रशासन मन्त्रालयले सरुवा गर्ने तालिका अनुसारको एक अवधि पूरा नभई सो निकायले पुन त्यस्तो कर्मचारीको सरुवा गर्नेछैन ।
(१२) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि मन्त्रालय वा विभाग वा केन्द्रीय निकाय वा क्षेत्रीय कार्यालय वा जिल्लास्तरीय कार्यालयको प्रमुख भई सकेको
निजामती कर्मचारीलाई निजले स्वेच्छाले माग गरेकोमा बाहेक समान श्रेणीको पदमा सो भन्दा तल्लो निकाय वा कार्यालयमा सरुवा गरिने छैन ।
तर कायम मुकायम वा निमित्त भई काम गरेका निजामती कर्मचारीको हकमा यो प्रावधान लागू हुनेछैन ।
(१३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै पनि निजामती कर्मचारीलाई विभागीय सजाय भई सो अवधि समाप्त नभएको वा निजले स्वेच्छाले
मागेको अवस्थामा बाहेक अरु अवस्थामा निज भन्दा कनिष्ठ कर्मचारीको मातहतमा रहने गरी सरुवा वा पदस्थापन गरिनेछैन ।
(१४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै रिक्त राजपत्र अनंकित तथा श्रेणी विहिन पद पूर्तिको लागि मागआकृति फाराम भरी पठाइसके पछि
त्यस्तो पदमा सरुवा गरी पदपूर्ति गरिनेछैन ।
(१५) यस नियम बमोजिम निजामती कर्मचारीको सरुवा गर्ने वा सोको सहमति दिने निकायले सोको मापदण्ड बनाई सो अनुसार निर्णय गर्नु पर्नेछ ।
(१६) उपनियम (१५) बमोजिम बनेको मापदण्ड सार्वजनिक गर्नु पर्नेछ ।
(१७) सरुवा माग गर्ने निवेदनपत्रको ढाँचा अनुसूची–९ बमोजिम हुनेछ ।”